दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 310 पटक हेरिएको

साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ । सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदश्य सचिवस्तरिय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।

आईतबार एक कार्यक्रमकाविच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क.ले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना सहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका थिए । श्रेष्ठलाई सोहि मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्ने गरि पत्र प्रदान गरिएको छ । सो अवसरमा उपनिर्देशक द्वय हिमाल दाहाल र प्रचण्ड शर्माले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए । यस्तै नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ “बोस” ले पनि श्रेष्ठलाई शुभकामना प्रदान गरेका थिए ।

२०४१ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आईरहेका छन् ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal