एसियाकपका लागि बंगलादेशको टोली घोषणा, शकिवलाई कप्तानको जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२९
  • |
  • 385 पटक हेरिएको

बंगलादेशले शकिव अल हशनलाई पुन कप्तानको जिम्मेवारी दिएको छ ।

शकिवलाई बंगलादेशले  आगामी एसियकप , न्युजिल्याण्डमा हुने त्रिदेशिय श्रृंखला तथा अष्ट्रेलियामा हुने टि–२० विश्वकपका लागि कप्तानको जिम्मेवारी दिएको हो ।

मोमिनुल हकले टेष्ट कप्तानबाट राजिनामा दिएपछि शकिवलाई जुनमा टेष्ट क्रिकेटको कप्तानको जिम्मेवारी दिइएको थियो ।

अगष्ट २७ बाट युएईमा हुने एसियाकपको लागि बंगलादेशले १७ सदस्सीय टोलीको घोषणा गरेको छ ।

सन् २०१९मा अन्तिम पटक बंगलादेशका लागि टि–२० खेलेका मध्यक्रमका ब्याट्सम्यान सब्बीर रहमान टोलीमा फर्केका छन् ।

त्यस्तै जिम्बाबेविरुद्धको टि–२०मा आराम दिइएका मुस्फिकुर रहिमपनि टोलीमा अटाएका छन् । त्यस्तै लिट्टन दास चोटका कारण टोलीम छैनन् ।

अलराउन्डर मोहम्मद सैफुद्दिन टोलीमा फर्किए पनि उनको ढाडको समस्या चिन्ताको विषय बनेको छ, जब कि फास्ट बलर इबाडोट हुसेनले पनि टोलीमा स्थान बनाएका छन् ।

 नुरुल हसनलाई औंलाको चोटको बाबजुद टोलीमा राखिएको छ, तर बीसीबीले अगस्ट २१ मा उनको बारेमा अपडेटको अपेक्षा गरिरहेको बताएको छ। 

बंगलादेशको एसिया कप टोलीः

शकिब अल हसन (कप्तान), अनामुल हक, मुशफिकुर रहिम, अफिफ हुसेन, मोसाद्देक हुसेन, महमुदुल्लाह, महेदी हसन, मोहम्मद सैफुद्दीन, हसन महमुद, मुस्ताफिजुर रहमान, नसुम अहमद, सब्बीर रहमान, मेहदी हसन होसैन, इरानी, इरानी, मुस्ताफिजुर रहमान , परवेज हुसेन इमोन, नुरुल हसन, तस्किन अहमद

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey