बिष्णु कान्तलाई संयोजकको जिम्मेवारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२८
  • |
  • 592 पटक हेरिएको

नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव बिष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो ।

यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ । यस अघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन बस्नेतद्वारा आजैका मिति देखि लागु हुने गरि गरेको महासंघ विगठनको प्रस्तावलाई पनि सभाले अनुमोदन गरेको थियो ।

सभाले महासंघका महासचिवद्वारा प्रस्तुत प्रतिवेदनका साथै नेपालको खेलकुद विकास ऐनले निर्दिष्ट गरे अनुपको महासंघलाई चलायमान गराउनका लागि विधानमा गर्नु पर्ने विभिन्न धारा, उपधाराको संसोधन प्रस्तावलाई पनि एकमतका साथ पास गरेको छ ।

यस्तै कोषाध्यक्ष पदमराज सुवेदीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई समेत सभाले एकमतका साथ अनुमोदन गरेको थियो ।
कार्यक्रमको पूर्व संविधान सभा सभामुख सुभाष नेवाङले एक कार्यक्रमविच उद्घाटन गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey