क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर नेपाल आउँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२८
  • |
  • 700 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज काठमाडौं आइपुग्ने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक नियुक्त गरेपछि प्रभाकार आज काठमाडौं आउन लागेका हुन् ।

उनी बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाइएको छ ।

मुख्य प्रशिक्षक पुवुदु दशानायकेले वीचमै नेपाली टिम छाडेपछि क्यानले प्रभाकरसँग १ वर्षका लागि सम्झौता गरेको छ ।

उनी आए लगत्तै नेपाली टिमले केन्या भ्रमणको तयारी गर्ने छ ।

नेपालले केन्यासँग ५ टी २० र ३ वटा एक दिवसीय म्याच खेल्दै छ ।

केन्या सिरिजका लागि नेपाली टिमको भने घोषणा भइसकेको छ ।   

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey