Nepali Patrao

खेलकुद मन्त्री अथकद्धारा लमही क्रिकेट मैदानको अवलोकन

Kelmi

whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०४-२५
  • |
  • 395 पटक हेरिएको

साउन २४, दाङ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो । 

अवलोकनका क्रममा बन्त्री अथकले रंगशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताउनुभयो । लमही क्रिकेट रंगशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामहरुको बारेमा समेत जानकारी लिनुभएको थियो । आफुले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट बिनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिनुभएको छ । 

आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता संचालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रंगशालामा केही भौतिक पूर्वाधारहरु निर्माण गरीएपनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ । 

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal