अन्तरविद्यालय इन्डोर क्रिकेटमा ९ खेल सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२४
  • |
  • 409 पटक हेरिएको

इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको दोस्रो दिन आज (मंगलवार) ९ खेलहरु सम्पन्न भएका छन ।

इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा भएको खेलमा वाइ पोनटिङले सेक्रेट हार्ड, ग्रीन पिसले डिभिएम, महेन्द्र मेमोरियलले विश्व आदर्श र माउन्ट मकालुले कोशीलाई पराजित गरेको छ । आजै भएको अन्य खेलमा पशुपतिले लर्ड बुद्ध, तथा सुनसरीले एसओएसलाई पराजित गरेको छ ।

सोमवार देखी जारी प्रतियोगिताको पहिलो दिन पनि ९ खेलहरु सम्पन्न भएका थिए । बिहीवार फाइनल हुने प्रतियोगिताको चार समुहका विजेताहरुले सेमिफाइनल खेल्ने छन । प्रतियोगिताको तेस्रो दिन बुधवार लिग चरणका ६ तथा २ सेमिफाइनल खेल हुने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन ।

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने तथा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिनेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal