राष्ट्रिय सभामा उठ्यो खेलाडी पेन्सनको माग

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२३
  • |
  • 661 पटक हेरिएको

सत्तारुढ दल नेपाली काँग्रेस राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छिन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पदक जितेका खेलाडीलाई शिक्षक र निजामतीकर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुका साथै खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रका लागि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुदमा उनीहरुकोे सहभागिता गराउन सरकारले विषेश ध्यान दिनुपर्नेमा जोड दिइन् । 

सांसद गुरुङले युवाहरुलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यकता भएता पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको दुख व्यक्त गरिन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey