खेलकुद क्षेत्रको विवादले खेलाडी निराश

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२२
  • |
  • 662 पटक हेरिएको

 ललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले हरेक खेल क्षेत्रमा भइरहेको विवादले खेलाडीमा निराशा छाएको बताएका छन् ।

यसले खेल क्षेत्र नै प्रभावित बनेको उनको भनाई छ । ललितपुर  महानगरपालिका २६ मा रहेको सुनाकोठी बुदोकैदो क्लब ललितपुरको प्रथम साधारण सभाको उदघाटन गर्दै उनले खेल क्षेत्रमा विवाद हुन दिन नहुने बताए । ललितपुर महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष सुरेस महर्जनले क्लबको वार्षिक प्रतिवेदन पेश गर्न अनुरोध गरे ।

सोमाङ स्कुलका पूर्व प्रधानअध्यापक जीतबहादुर घलेले कार्यक्रममा क्लबलाई २० हजार २२ रुपौयाँ सहयोग गरे । आयोजक सुनाकोठी बुदोकैदो क्लबका अध्यक्ष विक्रम महर्जनले आर्थिक र खेलकुद सामाग्री सहयोग भऐ यस्ता खेललाई अगाडि वढाउन सहज हुने बताए ।

नेपाली मौलिक मार्सल आर्ट नेपालको झण्डा, भाषा, संस्कृति, परम्परागत हतियार, शैली प्रयोग हुने यो खेललाई विश्वका २७ देशले मान्यता दिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey