बुन्डेस लिगामा बार्यनको फराकिलो जीत 

Kelmi
CG
  • एजेन्सी
  • |
  • २०७९-०४-२१
  • |
  • 93 पटक हेरिएको

जमर्न बुन्डेनस लिगा फुटबल पनि सुरु भएको छ।

जारी सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले विजयी सुरुआत गरेको छ। पहिलो खेलमा गयराति फ्रान्कफुर्टमाथि बार्यनले ६–१ गोलको जीत दर्ता गर्दै स्पष्ट ३ अंक लिन सफल भयो।

 बार्यनका लागि जमल मुसियालले २ गोल गर्दा जोसुवा किमिच, बेन्जामिन पाभार्ड, साडियो माने र सेर्जी जिनाब्रीले एक एक गोल थपेका थिए। फ्रान्कफुर्टका लागि राण्डल कोलोले एक गोल फर्काएका पनि हार टार्न पर्याप्त भएन।

पाँचौं मिनेटमा जोसुवाले गोल गर्दै बायर्नलाई सुरुमै अग्रता दिलाए। १० औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

लगातार दबाबमा राखेको बार्यनले २९ औं मिनेटमा तेस्रो गोल गरेको थियो। टिमका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल साडियो मानेले गरेका हुन्।  ३५ औं मिनेटमा जमलले गोल गर्दै टिमको अग्रता ४–० को बनाए।

४३ औं मिनेटमा सेर्जीले गोल गरेपछि बायर्न पहिलो हाफमै ५–० ले अघि बढेको थियो। दोस्रो हाफमा भने १ गोल मात्रै थप्न सफल हुँदा १ गोल ब्यहोरेको थियो। 

खेलको ६४ औं मिनेटमा फ्रान्कफुर्टका लागि राण्डलले गोल गरेपछि खेल ५–१ को अवस्थामा आएको थियो। तर, ८३ औं मिनेटमा जमल मुसियालले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं गोल गरेपछि ६–१ को नतिजा निस्किएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority