गुरकितको सानदार प्रदर्शन, भारतलाई यू २० साफ फुटबलको उपाधि


-
नेप्लेज
- |
- २०७९-०४-२०
- |
- 390 पटक हेरिएको
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । भुवनेश्वरको कालिंगा स्टेडियममा भएको खेलमा भारतले अतिरिक्त समयमा ५–२ गोल अन्तरको जीत दर्ता गर्दै उपाधि घरमै राख्न सफल भयो ।
निर्धारित समय दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा भारतले थप ३ गोल गर्दै उपाधि जित्न सफल भयो । खेल सुरु भएको ३० सेकेन्डमै भारतले पेनाल्टी पाएको थियो ।
उक्त पेनाल्टीलाई गुरकित सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको ४५ औं मिनेटमा बंगलादेशले बराबरी गोल गरेका थिए । राजोन मेहले गोल गरेका थिए ।
दोस्रो हाफको सुरुमै बंगलादेशले अग्रता लिन पुगेको थियो । ४८ औं मिनेटमा सहिम अहमदले गोल गरेपछि बंगलादेश २–१ ले अघि बढेको थियो । ६० औं मिनेटमा गुरकित सिंहले व्यक्तिगत दोस्रो गोल गर्दै खेल पनि २–२ को बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयको ९२ औं मिनेटमा हिमान्सु जांग्राले गोल गर्दै भारतलाई ३–२ को अवस्थामा लगेका थिए । लगतै गुरकितले व्यक्तिगत ह्याट्रिक पुरा गर्दा भारत ९३ औं मिनेटमा ४–२ को अवस्थामा पुगेको थियो ।
९९ औं मिनेटमा गुरकितले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौं गोल गरेका थिए । गुरकित यो प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । उनले कुल ८ गोल गरे ।