Nepali Patrao

आईटीएफ वार्षिकोत्सवको तयारी पूरा

Kelmi
whoopyland
  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 409 पटक हेरिएको

आईटीएफ वार्षिकोत्सवको तयारी पूरा
नेपाल आईटीएफको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती शनिबार र आइतबार भब्यताका साथ मनाउदै छ ।

वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुने छ ।

पोखरामा आइतबार बर्षको उत्कृष्ट खेलाडी, बर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत गरिने छ ।

नेपाल आइटिएफको इतीहासमा पहिलो पटक निर्माण भएको नेसनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने  खाडाँदेवी गाँउ पालिकाका पूर्व अध्यक्ष प्रेम बहादुर तामाङलाई पनि सम्मान गरिने छ । सोही एकेडेमी  निर्माणको क्रममा अन्तराष्ट्रिय तेक्वान्दो महासंघका संस्थापक ग्रान्ड मास्टर जनरल चोइ हङहीको पूर्ण कदको शालीक पनि निर्माण भएको छ ।

वार्षिकोत्सव समारोह राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा हुने छ ।

भर्खरै

Advertisement

NTA

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal