वार्नर युएईमा हुने आइएल टि–२० उद्घाटनमा सहभागी हुने सम्भावना न्युन

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 539 पटक हेरिएको

अष्ट्रेलियाली क्रिकेटर डेविड वार्नर जनाबरीमा युएईमा पहिलो पटक आयोजना गर्न लागिएको अन्तराष्ट्रिय लिग टि–२० सुरुवाती खेल खेल्ने सम्भावना न्युन रहेको छ ।

सन् २०१३ पछि पहिलो पटक विग ब्यास लिग खेल्ने तयारी गरिरहेका वार्नरको त्यसका लागि वार्ता गर्दै आएका छन् ।

अष्ट्रेलियाको क्रिकेट बार्डसँग सम्झौता गरी सकेका वार्नरले बीग ब्याससँग कुनै सम्झौता गरेका छैनन् ।

दक्षिण अफ्रिकासँगको तीन खेलको एक दिवसीय श्रृंखला रद्द भएपछि वार्नर जनवरी २०२३ मा फ्रेन्चाइज क्रिकेट खेल्न उपलब्ध हुनेछन् । 

क्रिकेट अष्ट्रेलियासँग अनुबन्धित वार्नरसँग बिग ब्यासले कुनै सम्झौता गरेको छैन र दक्षिण अफ्रिकासँगको टेष्ट श्रृंखला सकिएपछि सुरु हुने आइएल टि–२० खेल्ने कुरामा अडिग रहेका छन् । 

अनुभवी अष्ट्रेलियाली खेलाडीले बीबीएल छोडेर धेरै पैैसा आउने विदेशी लिग रोज्दै अनुमतिका लागि आवेदन दिएकोमा क्रिकेट अष्ट्रेलियाले ध्यान दिनुपर्ने कुरा छ । 

युएईमा हुने लिगमा उनको आइपीएलको टोली दिल्ली क्यापिटल्सले दुवई क्यापिटल्स फ्रेन्चाइजको स्वामित्व लिएको छ ।

क्रिक इन्फोका अनुसार वार्नरलाई अन्तराष्ट्रिय लिग टि–२० मा अनुबन्ध गर्ने सम्भावित सम्झौता लगभग पक्का भएको जनाएको छ ।

वार्नरका प्रबन्धक जेम्स एरस्काइनका अनुसार उनी क्रिकेट अष्ट्रेलिया र अष्ट्रेलियन क्रिकेटर्स एसोसिएसनसँग वार्नरलाई बिग ब्यासमा खेल्नका लागि वार्ता गरिरहेका छन् ।

यदी बिग ब्यासमा अनुबन्धित नभएमा यी अष्ट्रेलियाली खेलाडी युएईमा हुने अन्तराष्ट्रिय लिग टि–२० खेल्नका लागि ४ लाख ५० हजार डरलको प्रस्ताव गरिएको छ ।

बीग ब्यास खेल्ने खेलाडीको तलव अधिकतम तलव १.९  मिलियन अष्ट्रेलियन डलर ९करीब १.३२ मिलियन अमेरिकी डलर० सम्म तोकिएको छ ।

यो रकम युएईमा हुने अन्तराष्ट्रिय टि–२० लिगको भन्दा धेरै कम रहेको छ
क्रिकेट अष्ट्रेलियमा अनुबन्धित खेलाडीहरु आफ्नो सम्झौता अन्र्तगत बीग ब्यास खेल्न बाध्य हुनेछैनन् ।

त्यही कारणले गर्दा वार्नर र स्टार्कले क्रमस सन् २०१३ र २०१४ यता बिग ब्यास खेलेका छैनन् ।

यसपालीको सिजनको बिग ब्यासमा स्मिथ, कमिन्स र हेजलहुड कुनै पनि टोलीमा आवद्द भएका छैनन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey