नेपालमा २० करोड रूपैयाँको बल आयात

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०४-२०
  • |
  • 228 पटक हेरिएको

नेपालमा एक वर्षमा करिव २० करोड रुपैयाँको विभिन्न प्रकारका खेल्ने बल भित्रिने गरेको पाइएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा १९ करोड ९८ लाख ४५ हजार रुपैयाँको विभिन्न बलहरु नेपालले आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा ती बलहरु नेपाल भित्रिएका हुन् । 

गत आर्थिक वर्ष ३५ लाख २९ हजार रुपैयाँको २८ हजार ८८० वटा गल्फ बल नेपालले आयात गरेको थियो । 

सोही समयमा ५५ लाख ८ हजार रुपैयाँको ८८ हजार ५३६ वटा लन टेनिस बल नेपाल भित्रिएको देखिन्छ । 

गत वर्ष मात्र नेपालमा ८ करोड ८ लाख ५६ हजार रुपैयाँमा ७ लाख २० हजार ९७६ वटा इनफ्लटेबल बल भित्रिएको विभागले जनाएको छ । 

यस्तै, उक्त अवधिमा बिभिन्न प्रकारका बल (गल्फ, टेवल टेनिस, लन टेनिस, इनफ्लटेबल) शीर्षकमा १० करोड ९९ लाख ५२ हजार रुपैयाँमा १५ लाख ५ हजार ३०७ वटा बल नेपालले आयात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority