श्रीलंका क्रिकेट बोर्डले हसरंगालाई दिएन द हन्ड्रेडकाे अनुमति


-
नेप्लेज
- |
- २०७९-०४-२०
- |
- 211 पटक हेरिएको
वान्दिु हंसरंगालाई श्रीलंका क्रिकेटले द हन्ड्रेड का लागि नो–अब्जेक्शन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेको छ ।
उनी म्यानचेष्टर ओरिजिनल्सको सम्झौताबाट पछि हट्नुपर्ने भएको छ ।
उनले ओरिजिनल्ससँग सो प्रतियोगिताका लागि एक लाख पाउण्डके सम्झौता गरेका थिए ।
अगष्टमा २७ बाट सुरु हुने एसियाकप र यसै वर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टि–२० विश्वकप अघि शारिरिक र मानसिक रुपमा पनि तयार हुनुपर्ने हुनाले उनको अनुरोध अस्वीकार गरिएको श्रीलंका क्रिकेटका प्रमुख कार्यकारी एश्ले डे सिल्भाले बताएका छन् ।
लंका प्रिमियर लिग स्थगित हुनुअगाडि ओरिजिनल्सले यसअघि हसरंगा लंका प्रिमियर लिगमा व्यस्त हुनाले द हन्ड्रेड गुमाउने अपेक्षा गरेका थिए ।
अब यदी ओजिनल्सले उनी सम्झौता गर्न चहाने हाे भने त्यो आगामी २०२३ को सिजनका उनलाई राख्ने विकल्प हुनेछ ।
उनको स्थानमा ओरिजिनल्सले साउथ अफ्रिकी खेलाडी ट्रिस्टान स्टब्सलाई अनुबन्ध गरेको छ ।
मध्यक्रमका ब्याट्सम्यान स्टब्सले गत हप्ता भएको इंग्ल्याण्डविरुद्धको अन्तराष्ट्रिय टि–२० मा २८ बलमा ७२ रन बनाएका थिए ।
उनी आयरल्याण्डविरुद्धको दोस्रो टि–२० पछि ओरिजिनल्ससँग जोडिने बताइएको छ ।
ओरिजिनल्सले यस सिजनको पहिलो खेल शुक्रबार नर्दन सुपरचार्जसविरुद्ध खेल्नेछ ।