टी–२० : न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित


-
नेप्लेज
- |
- २०७९-०४-२०
- |
- 149 पटक हेरिएको
नेदरल्याण्ड्सविरुद्धको पहिलो टी २० क्रिकेट प्रतियोगितामा न्यूजिल्याण्ड १६ रनले विजयी भएको छ ।
न्यूजिल्याण्डले बनाएको १४८ रनको विरुद्ध मैदान उत्रिएको नेदरल्याण्ड्स निर्धारित ओभरको ३ बल बाँकी हुँदै १३२ रनमा समेटिन पुग्यो ।
पहिला ब्याटिङ गरको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाउँदा मार्टिन गप्टिलले ४५ रनको योगदान गरे ।
यसैगरी जेम्स निसमले ३२ तथा इस सोडीले १९ रन योगदान गरे । नेदरल्याण्ड्सका लोगन भान बेक र सिराज अहमदले दुई दुई विकेट लिए ।
१४९ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको नेदरल्याण्ड्स १९.३ ओभरमा १३२ रनमा समेटिँदा बास डे लिडले सर्वाधिक ६६ रनको अर्धशतकीय पारि खेले पनि हार भने टार्न सकेनन् ।
स्कट एडवार्ड २० रनमा आउट हुँदा रियन केलिनले ११ रन जोडेका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्यूजिल्याण्डका बेलिन टिकनरले सर्वाधिक ४ विकेट लिँदा बेन सियर्सले ३ विकेट लिए । २ टी २० सिरिजको सृंखला अन्तगत आजै राति पौने ९ बजे दोस्रो खेल हुने छ ।