कार्कीलाई मुवाँथाईको सम्मान


-
नेप्लेज
- |
- २०७९-०४-१९
- |
- 76 पटक हेरिएको
राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे।
सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद। तपाई (खेलाडी) हरु लगनशील भएर प्रशिक्षण गर्नुस। सफलता अवश्य मिल्ने छ। पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउनका लागि पनि खेल महत्वपूर्ण पाटो हो।’
अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान रहेको बताए।