खेलकुद सामग्री सहयोग

Kelmi
  • नेप्लेज
  • |
  • २०७९-०४-१७
  • |
  • 629 पटक हेरिएको

पोखरा महानगरपालिका–१ कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय विभिन्न छ क्लब तथा तीन विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ ।

खेलकुदको विकासका माध्यमबाट युवा विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा आकर्षित गर्ने उद्देश्यका साथ राष्ट्रिय उच्च मावि, संस्कृत मावि र रत्न प्राविलाई भलिबल, बास्केटबल तथा फुटबल सहयोग गरिएको हो ।

बिटी क्लब, बगर भाइखलक, भिमकाली क्लब, त्रिशक्ति युवा क्लब, रत्न समाज र इन्द्रेणी एकीकृत विकास केन्द्रलाई सात÷सात थान फुटबल सहयोग गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिनुभयो । जसमध्ये पाँच-पाँच ट्रेनिङ बल र दुई-दुई म्याच बल वितरण गरिएको सदस्य गुरुङले जानकारी दिनुभयो ।

फुटबल विकासमा लागेको क्लबहरूलाई वडाबाट खेलकुदका सामग्री प्रदान गर्ने कार्यतालिका अनुरुप सहयोग गरिएको उहाँले बताउनुभयो ।

फुटबल ग्रहण गर्दै बिटी क्लबकी अध्यक्ष विजया गुरुङले विगत लामो समयदेखि फुटबलको विकासमा लागि परेको क्लबलाई वडाका तर्फबाट खेलकुद सामग्री सहयोग गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सहयोगले फुटबलको क्षेत्रमा थप काम गर्न उत्प्रेरणा मिलेको बताउँदै उहाँले आगामी दिनमा पनि यस किसिमका सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey