श्रृजना म्याम्बो र संगिता तामाङ अन्तिम १६ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०४-११
  • |
  • 779 पटक हेरिएको

स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता बुधबार देखि कपन, लाखेपोखरीस्थित आयोजकको आफनै कभर्डहलमा सुरु भएको छ ।

पहिलो दिनको प्रतियोगितामा शिर्ष २० बाहेकका महिला एकल तर्फ नखिपोटकी श्रृजना म्याम्बो र भोजपुरकी संगिता तामाङ अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

म्याम्बोले ललितपुरकी श्रेया बज्राचार्यलाई २१-१६, २१-१० ले तथा संगिताले बालाजुकी मनु वाईवालाई २१-१८, २१-१७ ले परजित गरे । यस्तै वाई.सी.बि.सी.की सुप्रिया मगरले काभ्या स्कुलका अश्मिता सिंहलाई २१-७, २१-५ले, काठमाण्डौकी श्रृजना तामाङले नुवाकोटकी अश्मिता रिमाललाई २१-८, २१-५ ले, सुर्खेतकी अग्रिमा भण्डारीले पोखराकी आकृती के.सी.लाई २१-१९, २०-२२, २२-२०, ललितपुरकी सुपला बज्राचार्यले नुवाकोटकी आयुशा प्याकुरेललाई १२ -१६, १७-२१, १२ -९ ले, पाँचथरकी रिना तामाङले किर्तिपुरकी टिना महर्जनलाई १२ -४, १२ -२ ले, स्पोर्टस् ग्यालेक्सिकी सुनिता शर्माले काभ्या स्कुलकी एक्मे अवालेलाई १२ -१, १२ -१ ले, धादिङ्गकी बविता पुरीले पोखराकी अनुरानालाई २४-२२, १२ -११ ले, बुटवल ब्याडमिन्टनकी पुजा बिष्टले सुर्खेतकी दिपिका तिमल्सिनालाई १२ -८, १२ -१७ ले, नखिपोटकी अंजी पुलामीले ललितपुरकी कलिशा शाहीलाई १२ -५, १२ -५ ले, सुर्खेतकी निरुता शाहीले १६ फिदरकी अजरिंका शेरचनलाई १२ -७, १२ -११ ले तथा सोलखुम्बुकी पुजा मगरले धादिङ्गकी निष्ठा श्रेष्ठलाई १२ -१८, १२ -१४ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

शिर्ष २० देखि बाहेकका पुरुष युगल खुला तर्फ आयोजकका रविन खड्का र लाक्पा तामाङको जोडीले लक्ष्मी राई र प्रविन राईको जोडीलाई १२ -१८, १२ -१७ ले तथा धर्मस्थलीका किरण कार्की र राजन श्रेष्ठको जोडीले बालकुमारी रिमिक्सका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीबाट वाक ओभर प्राप्त गर्दै अन्तिम ३२ मा स्थान बनाए ।

यस्तै नारायणथानका डेभिड खालिङ र अर्जुन राईको जोडीले सुर्यदर्शनका अमर डङ्गोल र स्पन्दन श्रेष्ठको जोडीबाट वाकओभर, नखिपोटका अश्मिन गुरुङ्ग र नेल्सन राईको जोडीले टिआईबिसीका हिम के.सी. र पंकज पौडेलको जोडीलाइ २२-२०, १२ -११ले, सोलुका श्याङ्गबो बस्नेत र आशिष खनालको जोडीले बनेपाका सानोबाबु गोले र काठमाण्डौका किरण थापाको जोडीलाई २३-२१, १२ -१० ले, आयोजकका सुनिल कार्की र टोखाका अनिल मल्लको जोडीले सेस्डेकका सुविन कर्मचार्य र सुबाष उलकको जोडीलाई २२-२०, १२ -१७ ले, पाँचथरका दीपक आङ्गदम्बे र किरण श्रेष्ठको जोडीले तिनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई १३-२१, १२ -१३, २२-२० ले तथा जेष्टका संदीप जोशी र ईन्द्र महताको जोडीले नवज्यातीका रितेश शाही र अर्ब रत्न तुलाधरको जोडीलाई १२ -१२, १२ -१३ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाए ।

आज भएको प्रतियोगिताको स्थानिय पुरुष युगल तर्फ आयोजकका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । यस्तै टोखाका बासु बोगटी र शिषिर ठकुरीको जोडी, आयोजकका अमृत पञ्चकोटी र बिश्व राम श्रेष्ठको जोडी, भरत कुमार खत्री र पंचराम तामाङको जोडी, आयोजकका दिवश खड्का र रविन खड्काको जोडी, बालाजुका सन्तोष दाहाल र चन्दन घलेको जोडी, आयोजकका जे.बि. राई र सनबहादुर साम्बाको जोडी, काठमाण्डौका साङबु शेर्पा र प्रचण्ड श्रेष्ठको जोडी, टोखाका अनिल मल्ल र नारायण श्रेष्ठको जोडी, आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडी, सचिन राई र टक रानाको जोडी, आयोजकका श्याम तामाङ र पुष्प थापाको जोडी, तिनचुलीका ज्योती लामा र प्रेम लामाको जोडी, काठमाण्डौका रुपाल बादे र दिपक खड्काको जोडी, आयोजकका ज्ञानु गिरी र किशोर राईको जोडी तथा छिरिङ्ग लामा र अश्मिल शाहीको जोडी जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

यस्तै ४५ माथिको पुरुष युगलमा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडी, टिआबिसीका हिम के.सी. र सुशिल पौडेलको जोडी, ललितपुरका पुर्णभक्त चित्रकार र राजु थापाको जोडी, टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडी, आयोजकका सुरेन बहादुर आले र लाक्पा शेर्पाको जोडी, धादिङ्गका कमल रोकाया र रामसिंह तामाङको जोडी, खुस गुरुङ्ग र मनबहादुर रानाको जोडी, न्यूरोडका सुरेन्द्र बुढाथोकी र दत्त थापाको जोडी, सामाखुसीका अनराम छन्त्याल र टिका थापाको जोडी, देवीनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडी, आयोजकका चित्र गुरुङ्ग र अमृत पंचकोटीको जोडी, आईबिएमएसका किशन च्याम्जुङ्ग र राजेश शाक्यको जोडी किङ्ग्स स्पोर्टस्का रविन बमजन र एल.पी. महर्जनको जोडी, चन्द्रगिरीका विरेन्द्र बिष्ट र हरी खत्रीको जोडी, काठमाण्डौका बद्रि पराजुली र किरण श्रेष्ठको जोडी तथा पुर्णहरी होना र संजय कपालीको जोडी पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भएका छन् ।  

प्रतियोगितामा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी ) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पार्नेछन् । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पार्नेछन् । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पार्नेछन् । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal