बाना भलिबल कपमा सुदुरपश्चिम र आयोजक च्याम्पियन

-
नेप्लेज
- |
- २०७९-०४-०९
- |
- 560 पटक हेरिएको
बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुष तर्फ सुदुरपश्चिम टेक्सास र महिला तर्फ आयोजनक बाना च्याम्पियन बनेका छन ।
गएराति भएको फाइनलमा पुरुष तर्फको उपाधि टेक्सासमा हरेको सुदुरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई तीन एकको सेटमा पराजित गर्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदुरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुदुरपश्चिमले चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पार्यो ।
यस्तै महिला तर्फको उपाधि आयोजक बानाले जित्न सफल भयो । उसले फाइनलमा म्याग्दि समाजलाई दुई एकको सेटमा हरायो । नेपाली पूर्व खेलाडी रमिला तन्डुकारले कप्तानी गरेको टिमले प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो ।
प्रतियोगितामा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडी सुदुरपश्चिम टेक्सासका कैलाश भट्ट बने भने महिला तर्फ रमिला तन्डुकार बनिन् ।
प्रतियोगिताको पुरुष तर्फको विजेताले पाँच हजार पाँच सय ५५ अमेरिकी डलर हात पार्यो भने उपविजेता बनेको सिन्धु बुद्धले तीन हजार तीन सय ३३ अमेरिकी डलर पायो ।
यस्तै महिला तर्फको च्याम्पियन बनेको बानाले एक हजार एक सय ११ अमेरिकी डलर पाउँदा उपविजेताल पाँच सय ५५ डलर हात पार्यो । \
दुई दिनसम्म चलेको प्रतियोगितामा महिलामा चार टिम र पुरुषमा १८ टिमको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका उप नियोग प्रमुख कुमार राज खरेल रहेका थिए । बिशेष अतिथिमा बिधान सभा सदस्य डा ह्यारी भण्डारी ,महाबाणिज्यदुत प्रेम राजा महत,दुताबासका आमन्त्रित अतिथि,बानाका गुठी सदस्य प्रभु थापा ,विभिन्न संघ।संस्थाका व्यक्तित्वहरु तथा प्रायोजकहरुले समेतले बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
प्रमुख अतिथि खरेल,महा बाणिज्य दुत महत,डा ह्यारी भण्डारी लगायतले छोटो शुभ कामना दिएका थिए । अमेरिकामा भलिवल प्रतियोगिता यत्रो ठूलो राशिको नगद पुरस्कार सम्भवत नेपाली समुदायमा पहिलो हो । गत बर्ष देखि संचालन भएको प्रतियोगितामा यस पटक रकम पनि वृद्धि गरिएको थियो ।
कार्यकमको अध्यक्षता सुबोध पन्तले गरेका थिए भने कार्यक्रम संयोजक भिम केसीले बोलेका थिए । महासचिव सागर घिमिरेले औपचारिक कार्यक्रम संचालन गरेका थिए । अध्यक्ष सुबोध पन्तले सबैलाई धन्यवाद दिएका थिए ।