बाना भलिबल कपको क्वाटरफाइनल समिकरण पुरा

को को पुगे अन्तिम चारमा ?

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०४-०८
  • |
  • 471 पटक हेरिएको

बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । 

बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरक्ष तर्फका टेक्सासको सुदुरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्याण्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्याण्ड, सिन्धु ुबद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटसे अन्तिम आठमा स्थान बनाए । 

१८ टिमको सहभागिता रहेको पुरुष तर्फको प्रतियोगितामा समुह ए बाट फारवेष्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनायो । 

यस्तै समुह बी बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे । समुह बी बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रुपमा अन्तिम आठमा पुगे । 

समुह डी बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइटले अन्तिम आठमा पुगे । क्वाटरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाज विच प्रतिस्पर्धा हुनेछ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्याण्ड र सिन्धु बुद्ध विच प्रतिस्पर्धा हुनेछ । 

बानाको आयोजनामा दोस्रो पटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो । महिला तर्फ चार टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको बिजेताले ५ हजार ५ सय ५५ अमेरिकी डलर पाउने छ भने उपविजेताले ३ हजार ३ सय ३३ डलर पाउने छन् । 

प्रतियोगिताको उद्घाटन बाल्टिमोर काउन्सिल म्यान डेविड मार्क्स, बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रुपमा गरेका थिए । यस्तै उद्घाटन कार्यक्रममा बानाका महासचिव सागर घिमिरेसहित अन्य पदाधिकारीको पनि उपस्थिती रहेको थियो । 

यस्तै डिस्ट्रिक्ट ८ का हाउस अफ डेलिगेट प्रतिस्पर्धी ग्लेन गिलहर, बाना ट्रस्टी मेम्बर प्रभु थापा, बानाका सल्लाहकार दमनबिक्रम शाह र बाना स्पोर्टस कोर्डिनेटर भिम केसीको उपस्थिती रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority