अर्जेन्टाइन बास्केटबललाई केल्मीको प्रायोजन


-
नेप्लेज
- |
- २०७९-०४-०६
- |
- 848 पटक हेरिएको
अर्जेटिनाको बास्केटबल टोलीले अब केल्मीको जर्सी लगाउने भएका छन् ।
स्पेनी ब्रान्ड केल्मीले अर्जेटिनाको बास्केटबल संघसँग प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
अर्जेन्टिना बास्केटबल कन्फेडेरेसनले केल्मीसँग तीन वर्षका लागि प्राविधिक प्रायोजकको रूपमा सम्झौता गरेको हो । केल्मीले अब अर्जेन्टिनाको पुरुष र महिलाको सिनियर तथा जुनियर टोली र थ्रि बाई थ्री टोलीलाई प्रायोजन गर्ने सम्झौतामा उल्लेख छ ।
केल्मीले फुटबलमा प्रायोजन गर्दै आएको छ । उसले वाटफोर्ड एफसी, बोभिस्टा एफसी, सीडी सान्ता क्लारा र पोर्चुगलको बेलेनेन्सेस एसएडी, अर्जेन्टिनाको क्लब एट्लेटिको कोलोन, इजरायली हापोएल बेयरसँग सहकार्य गर्दै आएको छ ।
केल्मीले नेपालमा राष्ट्रिय भलिबल टिम, राष्ट्रिय क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको छ । त्यस्तै ए डिभिजन क्लवमा नेपाल प्रहरी, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, एनआरटीसॅंग सहकार्य गर्दै आएको रहेका छ । त्यस्तै नेपालको राष्ट्रिय फुटबल टोलीलाई पनि यसअघि प्रायोजन गरेको थियो ।