फ्रेड केर्ली पहिलो पटक च्याम्पियन बन्दा एथलेटिक्समा अमेरिकाको क्लिन स्विप


-
नेप्लेज
- |
- २०७९-०४-०१
- |
- 185 पटक हेरिएको
अमेरिकी धावक फ्रेड केर्लीले करियरमा पहिलो पटक विश्व एथलेटिक्स च्याम्पियनसिप जितेका छन् ।
उनले अमेरिकामा भएको पुरुष १०० मिटरमा स्वर्ण जितेका हुन् ।
सो विधामा अमेरिकाले क्लिन स्विप गरेको छ ।
पहिलो देखि तेस्रो स्थानसम्म अमेरिकी धावककै वर्चश्व रह्यो ।
गत वर्ष ओलम्पिकमा रजत पदक जितेका २७ वर्षीय यी खेलाडीले ९.८६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन् ।
दोस्रो स्थानमा मार्भिन ब्रासी रहेका छन् । उनले सो दुरी ९.८८ सेकेण्डमा पुरा गरे ।
तेस्रो स्थानमा रहेका ट्राइभन ब्रोमेलले सो दुरी ९.८८ सेकेण्डमा पुरा गरेका हुन् ।
मार्भिनले ब्रोमेलाई रियाक्सन टाइममा पछि पारेर दोस्रो भएका हुन् ।