चीनको दक्षिणी क्षेत्रकालागि नेपाल च्याम्बर अफ कर्मसको व्यापार प्रतिनिधीमा केल्मी नेपालका न्यौपाने नियुक्त


-
नेप्लेज
- |
- २०७९-०३-१९
- |
- 472 पटक हेरिएको
काठमाडौं । युवा व्यावसायी तथा केल्मी नेपालका प्रवन्ध निर्देशक प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुकालागि नेपाल च्याम्बर अफ कर्मस (एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त भएका छन् । नेपाल च्याम्बर अफ कर्मस (एनसीसी)का अध्यक्ष राजेन्द्र मल्लले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गरेका हुन्। चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आएका न्यौपाने गैरआवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष समेत रहेका उनी हाल गैरआवासीय नेपाली संघको एसिया प्यासिफक क्षेत्रीय सचिव रहेका छन् ।
एनसीसीको व्यापार प्रतिनिधी नियुक्त भएसंगैको संक्षिप्त कुराकानीमा व्यावसायी न्यौपानेले व्यापार क्षेत्रमा आफ्नो लामो अनुभव र सबै साथिहरुको सहयोग एवं सहकार्यका आधारमा आफूले रचनात्मक र प्रभावकारी कार्य गर्ने बताए । एनसीसी मार्फत चीनमा रहेका नेपाली र चिनिया व्यावसायीहरुलाई नेपालमा व्यापार व्यावसाय गरिरहेकाहरुसँग सहकार्य र व्यापार विस्तार गर्न आफु प्रयत्न गर्ने न्यौपानेको बतए । चीनमा आयोजना हुने व्यापारिक मेला तथा विभिन्न कार्यक्रमहरुमा आफूले एनसीसीको प्रतिनिधित्व गरी सहकार्य र व्यापार विस्तारमा पहल गर्नेमा उनले जोड दिए ।
दक्षिण चीनमा क्वान्तोङ, हाईनान, हेनान, हपेई र हुनान प्रान्तहरु तथा क्वान्सी चुवाङ स्वायत्त क्षेत्र पर्दछन्। यी क्षेत्रहरु क्षेत्रीय तथा अन्तराष्ट्रिय व्यापारीक केन्द्रहरु नै हुन्। नेपालीलगाएत विश्वका विभिन्न मुलुकहरुवाट आएका व्यापारीहरु यी क्षेत्रका विभिन्न स्थानहरूमा रहेर आयात निर्यात व्यापारमा लागिपरेका हुन्छन्। त्यसकारणपनि प्रान्तिय तथा केन्द्रीय सरकारले यस क्षेत्रको विकास, सुरक्षा र प्रवन्धमा धेरै नै महत्व दिएर कार्य गरेको छ।
युवा व्यावसायी न्यौपानेको कामरु ट्रेडिङ नेपालमैपनि अर्न्तराष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक विक्रेता हो। जसको नेपालका विभिन्न शहरहरुमा शाखाहरु सञ्चालन भईरहेका छन्। न्यौपानेको अग्रसरतामा केल्मी ब्रान्डले नेपालका खेलकुद क्षेत्रलाई आर्थिक तथा प्राविधिक सहयोगपनि गर्दै आएको छ।