राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१७
  • |
  • 303 पटक हेरिएको

राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।

गयराति भएको खेलमा स्पेनिस खेलाडी नाडाल लिथुनियाका रिकार्डस बेरान्किसलाई हराउँदै नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन्।

हाल दोस्रो वरियतामा रहेका नाडालले रिकार्डसमाथि ३–१ को सेटमको जित निकाले।

पहिलो र दोस्रो सेट समान ६–४ ले जितेका नाडालले तेस्रो भने सोही नतिजा बेरान्किसलाई सुम्पिएका थिए।

तेस्रो सेटमा ६–३ को जीत दर्ता गर्दै नाडाल तेस्रो चरणमा प्रवेश गर्न सफल भए।

यो उनको ग्रान्डस्लामको ३०७ औं जीत पनि हो।

२२ पटक ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन्।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey