पुलिस अपराजित रहँदै न्यू डायमन्ड कप भलिबलकाे फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 868 पटक हेरिएको

काठमाडौं, १६ असार। सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल प्रहारी राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन्।

कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस अपराजित रहेको हो। पुलिसले एपिएफमाथि २५–१८, १४–२५, २५–१७ र २५–२० को जित रच्यो।

यसँगै पुलिसले ३ खेलबाट ९ अंक जोड्यो। पुलिससँग हार भोगेपनि एपिएफ राउन्ड रोविन लिगमा दोस्रो हुँदै फाइनलमा पुग्न सफल भयो। एपिएफले ३ खेलबाट ६ अंक जोड्यो। अब शनिबार उपाधिका लागि पुलिस र एपिएफबीच नै प्रतिस्पर्धा हुनेछ।

त्यसअघि बिहीबारै आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५–२२, २५–१० र २५–१४ को सोझो सेटमा पराजित गरी पहिलो जित दर्ता ग¥यो। जितपछि डायमन्डले ३ खेलबाट ३ अक जोडेको छ। परोपकार भने अंकविहीन बन्दै पुछारमा रह्यो। अब डायमन्ड र परोपकारबीच नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यु डायमन्डसँगै पुलिस, एपिएफ र परोपकारको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्। दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्।

तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन्। प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन्।

अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey