हाम्रो पात्रोले सुरु गर्‍याे ई-लर्निङ्ग प्याल्टफर्म 

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 225 पटक हेरिएको

आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थिहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ। समयमा पाठ्य पुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ। प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् ।

यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षा बिचको दुरि हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भुमिका खेल्ने भएको छ। हाम्रो पात्रो इंक. का फाउन्डर/सिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍र्याउन महत्त्वपूर्ण  भूमिका खेल्ने बताउनु भयो। साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताउनु भएको छ ।

मिति २०७९ - असार १५ मा एक समारोहका बिचमा हाम्रो पात्रोका सिइओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बिचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर भयो। उक्त कार्यक्रममा हितेश कार्कीले भन्नुभयो - “ हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority