कोलम्बियामा बुलफाइट चल्दै गर्दा स्टेडियमको छत खसेर चारको मृत्यु तीन सय घाइते

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१३
  • |
  • 309 पटक हेरिएको

कोलम्बियामा बुलफाइटको दौरान एउटा दुखद घटना भएको छ ।

खेलको दौरान स्टेडियमको छत खसेर चार जना दर्शकको मृत्यु भएको छ जसमा एक १८ महिने बालक रहेका छन् ।

कम्तिमा एक सय जना घाइते भएको छन् जसमा ३० जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

यो घटना कोलम्बियाको टोलिमा राज्यमा भएको हो ।

कोलम्बियाका राष्ट्रपतिले उक्त घटनाको भिडियो सेयर गर्दै दुख ब्यक्त गरेका छन् । 

घटनाको हुनुपुर्व सो बाँस र काठले निर्मित स्टेडियमको छतमा आठ सय मानिस रहेका थिए भन्ने अनुमान रहेको छ ।

सो दुर्घटनामा करिव तीन सय जना घाइते भएका छन् ।

तीन तला रहेको स्टेडियमको तेस्रो तला खस्दा भाग दौड मच्चिदा उक्त संख्यामा घाइते भएका हुन् ।

टोलिमाको गर्भनर जोस रिकार्डो ओरोज्कोका अनुसार चार मृतकमध्य एक नवजात शिशु र दुई महिला तथा एक पुरुष रहेका छन् ।     

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey