आयरल्याण्डविरुद्ध भारतको सहज जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१३
  • |
  • 442 पटक हेरिएको

आयरल्याण्डविरुद्धको पहिलो टी २० क्रिकेटमा भारतले सहज जित निकालेको छ।

गयराति भएको खेलमा भारत ७ विकेटले विजयी भयो। आयरल्याण्डले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले ९.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

वर्षाका कारण १२ ओभरमा झारिएको खेलमा भारतलाई जिताउनका लागि दीपक हुडडाले ४७ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २४ रन बनाएका थिए। आयरल्याण्डका क्रेग योङले २ विकेट लिएका थिए।

२ खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ। पहिला ब्याटिङ गरेको आयरल्याण्डले १२ ओभरमा चार विकेट गुमाउँदै १०८ रन बनाएको थियो। 

आयरल्यान्डका ह्यारी टेक्टोरले सर्वाधिक ६४ रन बनाए। भारतका युजभेन्द्र चहल एक विकेट लिए। दोस्रो तथा अन्तिम खेल मंगलबार (भोलि) हुनेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey