साथी बाल्टिमोर क्रिकेट क्लबको नयाँ जर्सी सार्वजनिक, मैत्रीपुर्ण खेलमा सुदुरपश्चिम विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१३
  • |
  • 792 पटक हेरिएको

अमेरिकाको मेरिल्याण्ड स्थित बाल्टिमोरमा रहेको साथी बाल्टिमोर क्रिकेट क्लबले सन् २०२२ र २३ मा हुने साथी कप क्रिकेट प्रतियोगिताका लागि आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०२१ बाट साथी बाल्टिमोर क्रिकेट प्रतियोगिता गर्दै आएको सो क्बलले जर्सी सार्वजनिक कार्यक्रममा एक मैत्रीपुर्ण खेलको पनि आयोजना गरेको थियो । जसमा सुदुरपश्चिम क्रिकेट क्बल एक विकेटले विजयी भएको छ । 

आइतबार क्लोभरल्याण्डमा भएको क्रिकेट प्रतियोगिता अगाडी साथी बाल्टिमोरले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेर टिमका खेलाडीलाई हस्तान्तरण गरेको हो । घिमिरे रियल स्टेट मुख्य प्रायोजन रहेको सो जर्सीलाई बोल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड माक र स्टेट डेलिगेट डिस्ट्रिक्ट ८ का कार्ल ज्याक्सनले जर्सी सार्वजनिक गरेका थिए । 

साथै बाल्टिमोरले गर्दै आएको क्रिकेट प्रतियोगितापनि सोहि मैदानमा हुँदै आएको छ । प्रतियोगिताको पहिलो संस्करण भन्दा दोस्रो संस्करणमा बाहिर स्टेटको टिमलाई पनि बोलाएर गर्ने योजना रहेको छ । यतिमात्र होइन, साथी बाल्टिमोरले फुटबल प्रतियोगिताको पनि आयोजना गर्ने तालिका छ । 

बाल्टिमोर काउन्टिले साथी बाल्टिमोरसँग मिलेर सोहि खुल्ला स्थानमा क्रिकेट मैदान बनाउने योजना बनाएको छ । जसमा एनआरएनए बाल्टिमोरले पनि साथ दिएको छ । बोल्टिमोर काउन्टिले पहिलो चरणमा क्रिकेट मैदानको डिजाइनका लागि दुई लाख ५० हजार अमेरिकी डलर पनि बजेट दिने निश्चित भइसकेको छ । 

यो मैदानको काम पुरा हुने दुई तीन बर्ष लाग्ने बताइएको छ । साथी बाल्टिमोरको जर्सी सार्वजनिक कार्यक्रमपनि भएको मैत्रीपुर्ण खेलमा आयोजक टिमले दिएको लक्ष्य सुदुरपश्चिमले नौं विकेट गुमाउँदै पुरा गरेको थियो । 

कार्यक्रममा जर्सीको मुख्य प्रायोजक रहेको घिमिरे होम्सका प्रमुख कार्यकारी अधिकृत क्रिस घिमिरे, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, तेक्वान्दोको पूर्व खेलाडी तथा रेफ्री राजु क्षेत्री, नेपाली अल स्टार्सका बोर्ड सदस्य रहेका आशिक लामा र सुदुरपश्चिम समाजका अध्यक्ष दमन बिक्रम शाही समेत उपस्थित रहेका थिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey