अपन राधेमाई फाइनलमा

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०३-१२
  • |
  • 196 पटक हेरिएको

अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो । राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए ।

जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो । बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पभेलियन फर्काए ।

उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासंग खेल्ने छ । जिएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण मैदान भिजेपछि सम्भव भएन । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Advertisement

Roadmap

Advertisement

Nepal Telecom Authority