नेपाल र क्यानडाबीचको खेल तालिका परिवर्तन 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१२
  • |
  • 2193 पटक हेरिएको

नेपाली क्रिकेट टिमले क्यानडामा खेल्ने तय भएको अभ्यास खेलको तालिका परिवर्तन गरिएको छ । हालै अमेरिकाबाट एक दिवसीय सिरिज खेलेर फर्किएको नेपाली टिम स्कटल्याण्ड र नामेवियासँगको त्रिकोणात्मक सिरिजको तयारीमा रहेको छ ।

 उक्त सिरिज अघि नेपाली टिमले क्यानडमा दुई वटा एक दिवसीय र २ वटा टी २० खेल्ने यसअघि तय भएको थियो । तर समयमै भीसा लगाएतका प्रकृयाहरु पुरा नहुँदा क्यानडाको म्याच परिमार्जन गरिएको हो । अब नेपालले क्यानडमा २ वटा एक दिवसीय म्याच खेल्ने छ भने एउटा वार्मअप म्याच राखिएको छ ।

नेपाली टिम अहिले पनि कतिबेला क्यानडाका लागि प्रस्थान गर्ने भन्ने तय नभए पनि नेपालले जुलाई १ तारिखमा वार्मअप म्याच खेल्ने छ । वार्मअप म्याच वान्टारियो क्रिकेट एकेडेमीसँग खेल्ने छ । त्यसपछि जुलाई ४ र ५ तारिखमा नेपालले क्यानडासँग दुई वटा एक दिवसीय क्रिकेट खेल्ने छ ।  

त्यसपछि नेपालले स्कटल्याण्ड र नामेवियासँग त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेल्ने छ।

अहिलकाे तालिका 

No description available.

पहिलाकाे तालिका 

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey