थ्याङ्क्यू...टीम अष्ट्रेलिया फर भिजिट श्रीलंका 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-११
  • |
  • 683 पटक हेरिएको

अहिले श्रीलंकाले आर्थिक मन्दीको सामना गरिरहेको छ।

मुद्रास्पीथि दर बढ्दा त्यहाँको अर्थतन्त्र तहसनहसको अवस्थामा पुगेको छ।

राजनीतिक खिचातानीका कारण आर्थिक मन्दी भएपछि त्यहाँका नागरिकहरु सडकमै उत्रिएर सरकार विरोधी प्रदर्शन पनि गरेका छन्।

पटक पटक मन्त्री प्रधानमन्त्री फेर्दा पनि श्रीलंकाको समस्या समाधान हुन सकेको छैन।

विदेशी ऋण तिर्दा डलर सकिए पछि श्रीलंकाले आयात गर्न नसक्दा विद्यार्थीहले परीक्षा दिन पनि नसक्ने अवस्था आएको थियो।

अहिले पनि अवस्था उस्तै रहेको छ। यसबीचमा अष्ट्रेलियाको टिमले श्रीलंकाको भ्रमण गरेको छ।

अष्ट्रेलियन टिम पाँच म्याचको एक दिवसीय सरिज खेल्न श्रीलंका पुगेको हो।

श्रीलंकाको मुख्य आयस्रोतको रुपमा रहेको पर्यटन पनि हो।

तसर्थ अष्ट्रेलियन टिमको श्रीलंका भ्रमणले यसलाई केही भए पनि राहत दिएको छ।

क्रिकेट म्याच हुँदा जहाँ पनि खेलाडी मात्रै जाँदैनन् अरु पनि जाने भएकाले त्यहाँको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिन्छ।

तसर्थ यस्तो संकटको अवस्थामा पनि अष्ट्रेलियाले श्रीलंका भ्रमण गर्नुलाई त्यहाँका नागरिकले खुबै प्रशंसा गरेका छन्।

शुक्रबार राति भएको एक दिवसीय सिरिजको अन्तिम खेल पछि श्रीलंकन समर्थकहरुले अष्ट्रेलियाको खुलेरै प्रशंशा गरे।

उनीहरुले ‘थ्याङ्क्यू...टीम अष्ट्रेलिया फर भिजिट श्रीलंका’ लेखेको ब्यानर लिएर क्रिकेट हेर्न पुगेका थिए। 

अन्तिम खेलमा अष्ट्रेलियाले ४ विकेटले जिते पनि समग्रमा सिरिज भने श्रीलंकासँग ३–२ ले सिरिज गुमायो।

एक दिवसीय पछि अब २ म्याचको टेस्ट सिरिज पनि हुने छ।

टेस्ट सिरिज अघि सिमित ओभरका खेलाडी भने स्वदेश फिर्ता हुने छन्। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey