एन्फाका नव निर्वाचित पदाधिकारीले लिए सपथ 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०८
  • |
  • 621 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाका नव विर्नाचित पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार भएको निर्वाचनबाट निर्वाचित भएका पंकज विक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले सपथ खुवाएका हुन् ।

May be an image of 6 people, people sitting, people standing, indoor and text that says 'KTM CTY G'

निर्वाचनमा पंकजले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै विजयी भएका थिए । पंकजले ४५ मत प्राप्त गर्दा कर्माले ३९ मत ल्याए । २१ पदका लागि भएको निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । ४ जना सदस्यको मत बराबर आएपछि विशेष साधारण सभाले २ जनाको निर्वाचन फेरि गर्ने छ । वर्तमान कार्यसमितिमा अहिलेसम्म १२ जना नेम्वाङ र ७ जना शेर्पा पक्षका निर्वाचित भएका छन् ।

May be an image of 3 people, people standing and indoor

सपथ पछि अध्यक्ष नेम्वाङले आजै पदभार पनि ग्रहण गरेका छन् । एन्फा परिसरमा रहेको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको सालिकामा माल्यार्पण पनि गरेका थिए ।

May be an image of 4 people, people standing and indoor

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal