एन्फा नयाँ नेतृत्वको सपथ र पदभार आज


-
नेप्लेज
- |
- २०७९-०३-०८
- |
- 104 पटक हेरिएको
अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले आज सपथ र पदभार ग्रहण गर्दैछ ।
एन्फामा आज साँझ हुने एक समारोहबीचसपथ पछि पदभार ग्रहण गर्नेछ । नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयाेजक श्रीराम दवाडीले सपथ गराउने छन् ।
साेमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ निर्वाचित भएका थिए ।
उनले निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गरेका थिए ।
एन्फा कार्य समितिमा २३ जना हुने प्रावधान छ । २१ जनाका लागि भएको निर्वाचनमा १९ जना निर्वाचित भएका छन् ।
सदस्य ४ जनाकाे मत बराबर आएपछि अरु २ जनाकाे टुंगो बिशेष साधारणसभाले लगाउने छ ।
महासचिव र काेषाध्यक्ष वर्तमान कार्यसमितिले मनाेनित गर्नेछ ।