मिलो खुला कराते च्याम्पियनसिपमा एन्जिलालाई स्वर्ण


-
नेप्लेज
- |
- २०७९-०३-०७
- |
- 105 पटक हेरिएको
नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्।
एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ।
पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते।
नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा जुन १७ देखि १९ तारिखसम्म भएको थियो।