हङकङलाई नेपालले दियाे ११० रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०७
  • |
  • 337 पटक हेरिएको

एसीसी महिला टि २० क्रिकेटमा नेपालले हङकङलाई ११० रनकाे लक्ष्य दिएको छ ।

पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो ।

नेपालका लागि रुविना क्षेत्री र अप्सरी बेगमले नटआउट पारि खेले । रुविनाले ३२ तथ अप्सरीले २२ रन बनाए ।

यसैगरी बिन्दु रावल २३ रनमा पभेलियन फर्किइन् ।

सीता रानामगरले ९ रन बनाउदा ममता चाैधरीले ९ तथा कबिता जाेशीले ४ रन बनाइन् । बेटि चानले हङकङका लागि २ विकेट लिइन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey