राखेपबाट अवकास प्राप्त कर्मचारीलाई बिदाई


-
नेप्लेज
- |
- २०७९-०३-०५
- |
- 104 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ।
विभागका निर्देशक अर्जुन बि.क., उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर बिदाई गरे। यस्तै विभागका अन्य बरिष्ठ प्रशिक्षक, प्रशिक्षक, सहायक प्रशिक्षक एवं कर्मचारीहरुले पनि अवकास प्राप्तहरुलाई टिका तथा खादा लगाएर विदाई गरे।
कार्यक्रममा बोल्दै विभागका निर्देशक एवं कार्यक्रमका प्रमुख अतिथी बि.क.ले अवकास प्राप्त प्रशिक्षकहरुलाईसरकारी नियमका कारण उमेर हदले अवकास प्राप्त भएको भन्दै राज्यका लागि उहाँहरुको बिज्ञता र ज्ञानको अझै आवश्यकता रहेको बताए।
अवकास प्राप्त गर्नेहरुमा उपनिर्देशक रजनी मैया जोशी (ब्याडमिन्टन), बरिष्ठ प्रशिक्षक टिका सेंढाई (एथलेटिक्स), बरिष्ठ प्रशिक्षक बिष्णु कान्त अर्याल (फुल कन्ट्याक्ट कराते), प्रशिक्षक उपेन्द्र थापा (एथलेटिक्स) र सहायक प्रशिक्षक राजेन्द्र कपाली (कराते) रहेका छन्।