नेपाली टिममा परिवर्तनको खाँचो छ : प्रशिक्षक पुबुदु [भिडिओ]


-
नेप्लेज
- |
- २०७९-०३-०२
- |
- 5550 पटक हेरिएको
आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले खेलेका चार खेलबाट ३ अंकमात्रै लिएको छ।
प्रतियोगिता अघि छैटौं स्थानमा रहेको नेपाल अहिले पाँचौं स्थानमा उक्लदै प्रतियोगिता समापन गरेर काठमाडौं फर्किने तयारीमा रहेको छ।
पहिलो खेलमा अमेरिकासँग बराबरी गरेको नेपालले दोस्रो खेलमा भने पराजय भोग्न बाध्य भयो।
ओमानसँग पनि पहिलो खेलमा पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै अंक जोडेको थियो।
प्रतियोगिता सकिएपछि नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकले नेपाली टिम अझैं परिवर्तनको खाँचो रहेको औंल्याएका छन्।
हेरौं यो भिडियो।