मञ्चलाई राखेपको स्वागत र बधाइ

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-०३
  • |
  • 793 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गर्‍यो ।

त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास र विस्तारमा खेल पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने हुँदा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदको हित र खेलाडीलाई नै केन्द्र विन्दूमा राखेर काम गर्ने बताए । उनले एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएपनि परिषद्ले खेलाडीको प्रशिक्षणलाई निरन्तरता दिने बताउदै तयारी अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पनि उपयोगी हुने धारणा व्यक्त  गरे ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले खेलकुद र खेलाडीको हितका निम्ति मञ्च परिषद्संग सहकार्य गर्दै अघि बढ्ने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey