नेपालले ओमानसँग खेल्दै, ओपनिङमा परिवर्तन हुने संभावना

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-२६
  • |
  • 1939 पटक हेरिएको

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्ग नेपालले अमेरिका भ्रमणमा पहिलो खेलमा आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

अमेरिकाको ह्युस्टन स्थित मौसा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राती साँढे नौं बजेबाट खेल सुरु हुनेछ । जारी लिग टु को शिर्ष स्थानमा रहेको ओमानका लागि यो सिरिज अन्तिम हुनेछ । जारी अंक तालिकाको शिर्ष स्थानमा रहेको ओमानले अहिलेसमम ३३ खेलबाट ४० अंक बनाएको छ । लिग टु को साइकलमा धेरै खेल खेल्ने टिममा रहेको ओमानलाई यो सिरिजमा एक खेल जितेपनि शिर्ष तीनको यात्रा पक्का हुनेछ । 

जारी प्रतियोगितामा सबै भन्दा कम खेल खेल्ने टिममा नेपाल रहेको उसले १२ खेलमा १२ अंक बनाएको छ । जसमा ६ खेलमा जित निकाल्दा ६ खेलमा हारेको छ । लिग टु मा नेपालले ओमानसँग अहिलेसम्म चार खेल खेल्दा तीन खेलमा हार ब्यहोरेको छ भने एक खेलमा मात्र जित निकालेको छ । घरेलु मैदानमा २०२० मा भएको सिरिजमा नेपालले दुई खेलमा हार ब्यहोरेको थियो भने ओमानमा नै भएको सिरिजमा एक खेलमा हारेको थियो । 

पछिल्लो पटक ओमानको टिम केहि परिवर्तनको मोडमा देखिएको छ । किनकी पछिल्लो पटकका नतिजाले टिममा खेलाडीको कम्बिनेसनमा केहि समस्या देखिएको छ । ओमानले अमेरिकामा घरेलु टिमसँग खेल्दा एक सय १४ रनको हार ब्यहोरेको छ । जसका कारण पनि नेपाली टिमलाई ओमानको कमजोरीको फाइदा हुनसक्छ । 

यता नेपाली टिमले ओमानविरुद्धको खेलबाट नै विजयी सुरुवात गर्ने योजना बनाएको छ । नेपाली टिमले ओमानसँगको खेल अगाडी पुर्ण रुपमा प्रशिक्षण भने गरेन । ह्युस्टनको गर्मीले पनि दुबै टिमका खेलाडीका केहि फरक पर्ने देखिएको छ किनकी प्रचण्ड गर्मीमा खेलाडीलाई खेल्न केहि चुनौती पक्कै हुनेछ । 

नेपाली टिममा ओमानविरुद्धको खेलमा ओपनिङ जोडीमा परिवर्तन हुने देखिएको छ । नियमित ओपनर आशिफ शेख फिट छैनन् भने कुशल भुर्तेल भने निको हुने क्रममा छन । त्यसैले प्रशिक्षक पुबुदुले नयाँ विकल्प लगाउने संभावना छ । 

जसमा सुवास खकुरेल र सुनील धमला बिकल्पमा रहेका छन । जारी लिग टु मा छैटौं स्थानमा रहेको नेपाल भन्दा अगाडी नामिबिया, अमेरिका, युएई, स्कटल्याण्ड छन । अमेरिका सिरिजमा चार खेलमा चारमा नै जित निकाल्न सकेको खण्डमा नेपालले शिर्ष तीनका लागि आफुलाई दावेदारका रुपमा उभ्याउनेछ । 

नेपालको संभावित ११

सुवास खकुरेल वा कुशल भुर्तेल
सुनील धमला
देब खनाल
रोहित पौडेल
दिपेन्द्रसिंह ऐरी
आरिफ शेख
बिनोद भण्डारी
सोमपाल कामी
करण केसी
सन्दिप लामिछाने
सागर ढकाल 

 

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey