भलिबल संघले असार १० भित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने


-
नेप्लेज
- |
- २०७९-०२-२१
- |
- 299 पटक हेरिएको
नेपाल भबिलल संघले जिल्ला र प्रदेशको निर्वाचनको मिति तय गरेको छ। पोखरामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको पूर्ण वैठकले असार १० गतेभित्र जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो।
यसैगरी प्रदेश अन्तर्गतका जिल्लामा निर्वाचनका लागि प्रतिनिधि पनि तोकेको छ। प्रदेश १ मा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बाग्मती प्रदेशमा कुमारराज सुबेदी, गण्डकी प्रदेशमा याम गुरुङ, लुम्बिनी प्रदेशमा निरोज मास्के, कर्णाली प्रदेशमा ऐन बहादुर शाही र सुदूरपश्चिम प्रदेशमा हरक सिंह धामीलाई संयोजक तोकिएको छ।
संघको केन्द्रीय अधिवेशन आयोजनका लागि १५ असार भित्र राष्ट्रिय खेलकुद परिषदमा जिल्ला र प्रदेशबाट छनोट भएका प्रतिनिधिको सूची बुझाउने निर्णय गरेको छ।
केन्द्रीय महाधिवेशन आयोजनाका लागि संघका पूर्व अध्यक्ष गंगाबहादुर थपाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। समितिमा रामचन्द्र भण्डारी र रोशन श्रेष्ठ सदस्य रहेका छन्।
पोखरा बैठकले महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई केन्द्रीय अधिवेशनमा लैजाने, एशियाली महिला भलिबलको तयारी सुरु गर्ने, रेफ्री, खेलाडीको विवाद बारे छानबिन गर्न महासचिवको नेतृत्वमा पाँच सदस्य समिति पनि गठन गर्ने निर्णय गरेको छ। महासचिव जितेन्द्रबहादुर चन्द नेतृत्वको समितिमा जितेन्द्र श्रेष्ठ, मनवीर छन्त्याल, जुनु पुन र श्रीराम बोगटी रहेका छन्।