भलिबल संघकाे अधिवेशनकाे मिति ताेक्न पाेखरामा पूर्ण बैठक सुरु

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०२-२१
  • |
  • 317 पटक हेरिएको

नेपाल भलिबल संघको केन्द्रिय कार्यसमितिको सातौ पूर्ण बैठक पोखरामा सुरु भएको छ।

पोखरामा सुरु बैठकमा सात वटा विषयमा छलफल हुने नेपाल भलिबल संघ उपाध्यक्ष निरोज मास्केले जानकारी दिएकि छिन्।

भलिबल स‌ंघकाे विधान अनुसार पहिला नै अधिवेशन हुनु पर्नेमा काेराेना महामारी र खेलकुद विकास ऐनमा रहेर कार्यविधि नबन्दा अन्य खेलकुद संघकाे जस्तै भलिबलकाे पनि अधिवेशन प्रभावित भएकाे थियाे। पाेखराकाे बैठकले संघको निर्वाचन मिति र निर्वाचनमा आउने प्रतिनिधि लगायतको बारेमा निर्णय गर्ने तयारी गरेको छ।

बैठकमा २०७६ बैशाख देखि २०७९ बैशाख सम्मको कार्यक्रम प्रतिबेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन तथा अनुमोदन, ६ औं एनभिए लिगको समिक्षा, प्रथम साउथ एशियन महिला प्रतियोगिता- २०२२, बिधान संशोधन मस्यौदा समिति गठन,  जिल्ला, प्रदेश भलिबल संघ गठनको लागी प्रतिनिधि छनोट, प्रदेश र जिल्ला भलिबल संघ गठन, केन्द्रिय कार्यसमितिको निर्वाचन मिति घोषणा, रेफ्री तथा क्लबले दिएको निवेदन, बिबाद तथा २०७९-८० को लागि लेखा परीक्षक नियुक्ति सम्बन्धमा छलफल हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee