व्हील चेयर क्रिकेट प्रतियाेगितालाई सेञ्चुरी बैंककाे प्रायाेजन

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०२-२०
  • |
  • 191 पटक हेरिएको

मुलपानी क्रिकेट मैदानमा व्हील चेयर क्रिकेट संघको आयोजनामा नेपाल–भारत टी–२० क्रिकेट खेल हुने खेलको  प्रायोजकको रूपमा सेञ्चुरी बैंक जोडिएको छ।

सेञ्चुरी बैंकको  पुतलीसडक काठमाण्डौमा सम्झौता भएको थियो। सेञ्चुरी विकास बैंकका ब्रण्डिङ म्यानेजर  स्वस्तिक सुवेदी  प्रतियोगिताका टेक्निकल हेड रविन्द्र गुप्ता बीच सम्झौतामा हस्ताक्षर भएको थियो।

व्हील चेयर क्रिकेट संघका अध्यक्ष छुल्टीम शेर्पाले सेञ्चुरी   बैंक परिवारलाई यस प्रतियोगितामा दिनु भएको सहयोगप्रति  हार्दिक आभार प्रकट गरेका छन्।

सेञ्चुरी बैंकका ब्रण्डिङ म्यानेजर स्वस्तिक सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूबीच हुने यस प्रतियोगितामा आफूले सामाजिक दायीत्व गरेको र उहाहरुलाई सम्पूर्णले साथ दिनु पर्ने उनको भनाइ रहेको छ।

नेपाल र भारतका शारीरिक अपाङ्गता भएका व्यक्तिहरूबीच हुने खेल आगामी सन् २०२२ जुन १०–१२ मा हुने आयोजक संस्थाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरित गर्न, अपाङ्गताको बारेमा मानिसहरूलाई सचेत गराउन र पर्यटन पहुँच प्रवर्द्धन गर्नका लागि यस प्रतियोगिता गर्न लागेको अध्यक्ष शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

Carpet Cleaning in Nepal

Sofa Cleaning in Nepal

Marble Polishing Service

Outdoor Led boards

Interactive Smart Board

Indoor LED Board

P10 Scrolling Board

LED/LCD Standee