केल्मी नेपालका न्यौपाने एनआरएनए एशिया प्यासिफिक सचिव नियुक्त 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०२-१६
  • |
  • 1980 पटक हेरिएको

गैरआवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष तथा केल्मी नेपालका प्रवन्ध निर्देशक प्रदीप न्यौपाने एसिया प्यासिफिक क्षेत्रिय सचिव नियुक्त भएका छन्। 

नयाँ कार्यसमिति निर्वाचित भएपछि बसेको पहिलो भर्चुअल बैठकले न्यौपानेलाई क्षेत्रीय सचिवमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ। बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुसार एसिया प्याशिफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आएका आईसीसी सदस्य न्यौपानेलाई नियुक्त गरिएको हो।

न्यौपाने, एशिया प्यासिफिक क्षेत्र बाट संचालित एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट, लगायत विभिन्न एनआरएनए गतिविधिमा  उल्लेखनीय योगदान गर्दै विभिन्न मुलुकहरुवाट उपलब्ध सहयोग रकमबाट स्वास्थ्य परीक्षण उपकरण, स्वास्थकर्मीहरुका लागि सुरक्षाका सामाग्री खरिद गरी नेपालमा उपलब्ध गराउन सक्रिय भूमिका खेलेका थिए।

प्रदीप न्याैपाने नेपाली खेलकुदमा पनि निकै परिचित नाम हाे। उनकै सक्रियतामा नेपालमा केल्मीले विभिन्न खेलका खेल संघ विभागहरुले केल्मीकाे जर्सी पनि प्रयाेग गर्दै आएका छन्। नेपाली खेलकुदमा अहिले रहेका ४ वटा विभाग (नेपाल प्रहरी, एपीएफ, नेपाल आर्मी र एनआरएनए स्पाेर्टस) ले केल्मीकाे जर्सी प्रयाेग गर्दै आएका छन् भने क्रिकेट, भलिबलका साथै अरु धेरै खेलका खेलाडीहरुले पनि केल्मीकाे जर्सी प्रयाेग गरेका छन् । 

यसैबीच,  एसिया प्यासिफिकको पहिलो भर्चुल माध्यामबाट सम्पन्न बैठकले ५ वटा बुँदा निर्णय पनि गरेको छ।

पहिलो निर्णय अनुसार आठौं क्षेत्रिय सम्मेलन थाइल्याण्डमा अगष्ट २६–२८ गर्ने निर्णय गरेको छ। उक्त सम्मेलनको  तयारी तीव्र भएको र आतिथ्यताको लागि आफूहरु प्रतिक्षामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए।

त्यस्तै ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगितालाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ। गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा एतिहासिक सफलताको साथ सम्पन्न भएको थियो।

बैठकले एमआईएस सिस्टमको भरपर्दो र पारदर्शी ढंगले सदस्यता खोलिने र भरपूर उपयोग गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले प्रदेश स्तरीय भलिवल प्रतियोगितामा एनआरएनए एसिया प्यासिफिकको सहभागिता विषयमा छलफल पनि भएको थियो।

बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुशार एशिया प्यासफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आएका आईसीसी सदस्य प्रदीप न्यौपानेलाई नियुक्त गरेको थियो।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey