कान्तिपुर हाफ म्याराथनको १० औं संस्करण जेठ २१ गते


-
नेप्लेज
- |
- २०७९-०२-१३
- |
- 352 पटक हेरिएको
कान्तिपुर हाफ म्याराथनको १० औं संस्करण जेठ २१ गते हुने भएको छ ।
कान्तिपुर पब्लिकेशन्सले पत्रकार सम्मेलन गर्दै कोभिडका कारण रोकिएको हाफ म्याराथन फेरी सुचारु गर्ने जनाएको छ । जसमा यो पटक जेठ २१ गते हुने भएको छ ।
कान्तिपुर पब्लिकेसनको स्थापना भएको अवसरमा हुँदै आएको प्रतियोगिता पछिल्लो पटक भने फरक मितीमा हुन थालेको छ । तर बिचमा कोभिडका कारण यो प्रतियोगिता नियमित हुन सकेको थिएन ।
यो पटक प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । जसमा झन्डै चार हजार धावकले भाग लिने अनुमान आयोजकको छ ।
यो पटक हाफ म्याराथनको पुरुष र महिलाको विजेताले जनही एक एक लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ५० हजार र तेस्रोले ३० हजार पाउने छन् ।
कर्पोरेटको विजेताले पोखरामा २ रात र ३ दिनको प्याकेज पाउनेछन। भने उपविजेताले नगरकोटमा १ रातको प्याकेज र तेस्रोले माउन्टेन फ्लाइटको प्याकेज पाउने छन् ।
ह्वीलचेयरको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।