स्वीडेनका हसलमार्कले जिते शाहसिक हिमालयन एक्सट्राई ट्रायथलोन

Kelmi
Global IME
  • नेप्लेज
  • |
  • २०७९-०१-२६
  • |
  • 620 पटक हेरिएको

स्वीडेनका जोन हसलमार्कले पहिलो हिमालयन एक्सट्राइ ट्रायथलोनको उपाधी जितेका छन्।

३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पुरा गर्नुपर्ने कठिन मानिने शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।

उनले फेवातालमा सम्पन्न ३.८ किमि पौडी सक्न ४८ मिनेट ६ सेकेण्ड लगाएका थिए भने १८० किमि साइक्लिङ सक्न ६ घन्टा १ मिनेट ३१ सेकेण्ड तथा ४० किमि दौड पुरा गर्न ९ घन्टा १२ मिनेट ४३ सेकेण्ड लगाएका थिए ।

त्यस्तै चेक गणतन्त्रका फिलिप सोल्क दोस्रो भए। उनले १६ घण्टा २९ मिनेट २६ सेकेन्डमा पूरा गरे। चेक गणतन्त्रकै पिटर भाब्रोसेकले १६ घण्टा ४० मिनेट ५७ सेकेन्डको समयमा दौड पूरा गर्दै तेस्रो स्थानमा आउन सफल भए।

खेलाडीहरुले प्रतिस्पर्धामा लगाएको समय बाहेक उनीहरुले पौडीबाट साइक्लिङ र साइक्लिङबाट दौडिने स्थानमा पुग्ने समय पनि जोडिने गर्छ।  

उपाधि जिते पछि स्वीडिस हसलमार्कले  भने–“यो प्रतियोगिता अन्य देशको भन्दा निकै कठिन र रोमाञ्चक थियो, यो प्रतियोगितामा सहभागिताले धेरै नयाँ कुरा सिक्ने र अनुभव गर्ने अवसर पाँए ।”

बिहान ४ बजे पोखराको फेवातालबाट प्रतियोगिता शुरु भएको थियो। जहाँ खेलाडीहरुले ३.८ किमीको दूरी पौडेका थिए। त्यसपछि १८० किमिको साइकल दौड सुरु भएको थियो। साइकल रेस पोखरा भुपी शेरचन राजमार्ग हुँदै बाग्लुङको कालिका मन्दिर र त्यहाँबाट फर्केर पोखरा २५ हेम्जा मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे लुम्रेमा पुगेर टुंगिएको थियो।

लुम्रेबाट ४० किमि उकाली ओरोली दौड शुरु भएको थियो। दौड पर्यटकिय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै फर्किएर कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर अन्तिम दूरी पूरा गरेका थिए।

यसै गरी नेपालबाट सहभागी सन्तोष राईले २० घन्टा ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै १० औं स्थानमा आएका छन् । रेसमा सहभागी नेपाली महिला खेलाडी सोनी गुरुङ केही मिनेट ढिला हुँदा मर्दी हिमालको ४ हजार मिटरको उचाई छुन भने असफल भइन् ।

 ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ को साहसिक ट्रायथलोन अन्तर्गतको यो ‘हिमालयन एक्सट्राई’ नेपालमा पहिलो पटक शुरु गरिएको हो।
अन्त्यन्त शाहसिक मानिने यो दौडमा प्रत्येक खेलाडीसंग सहयोगी समेत हुने गर्दछ।

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनका अनुसार प्रतियोगितामा विश्वका १७ देशका प्रतिस्पर्धीहरुले भाग लिएका थिए। उनीहरुका ३० जना सहयोगी गरी ४७ जना पोखरा आएका थिए । उनीहरु प्रतियोगिताका लागि करिव एक साता पोखरा रहेर अभ्यास समेत गरेका थिए ।

विजेता र सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पुरस्कार वितरण गर्नुभयो।
सो अवसरमा उनले भने–“यो प्रतियोगिताले गण्डकी प्रदेशलाई चिनाउन सहयोग गरेको मात्रै छैन गण्डकी प्रदेश साहसिक खेलकुदको गन्तव्य हो भन्ने कुरालाई स्थापित गरेको छ ।”

प्रतियोगिताका रेस डाइरेक्टर रिक्की योन्जनले नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिता निकै सफल रहेको बताए ।
दुई वर्ष अघि आयोजना हुने तय भएको प्रतियोगिता कोविद भाइरस महामारीका कारण स्थगित हुन पुगेको थियो ।

सन २००३ बाट क्यानाडाबाट सुरु भएको ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ युरोप सहित अमेरिकाका गरी १७ विभिन्न देशमा हरेक वर्ष आयोजना हुने गर्दछ ।

भर्खरै

Advertisement

Nepal Telecom Authority
Bike price in Nepal