अन्तर कलेज फुटसलको उपाधि न्यू मिलेनियमलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 222 पटक हेरिएको

माघ १८, काठमाडौं । अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि न्यू मिलेनियम कलेज सुकेधाराले जितेको छ ।

राजधानीका १८ कलेज सहभागी प्रतियोगितामा मिलेनियमले जित हात पार्दै ४० हजार रुपैयाँ पुरस्कार राशी जितेको हो ।

न्यू मिलेनियमले स्वयम्भुलाई फाइनलमा ३–२ को गोलले हराएको थियो । उसको जितमा गोलरक्षक लक्ष्मण थापाको योगदान उल्लेख्य रह्यो ।

प्रतियोगितामा कलेजका नोर्बु लामा १७ गोलका साथ सर्वाधिक गोलकर्ता तथा लक्ष्मण थापा उत्कृष्ट गोलरक्षक घोषित भए ।

प्रतियोगितामा स्वयम्भु क्लबका विशाल थापा उत्कृष्ट खेलाडि घोषित भए । भेट्रान खेलाडिका साथ मैदानमा उत्रिएको मिलेनियमले तुलनात्मक बलियो स्वयम्भुमाथि कडा दवाव बनाएको थियो ।

शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यसाथ खेलाडीहरुलाई प्रशिक्षण दिने गरिएको कलेजका प्रबन्ध निर्देशक दीपक जोशीले बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey