राजनितीक द्धन्द्धका कारण जहिले पनि एक अर्का विरुद्ध कडा स्वभाव देखाउने दुई कोरीयाली देश बिच यतिबेला सम्बन्धमा केहि सुधार आएको छ । त्यसको झल्को यहि महिना हुने विन्टर ओलम्पिकमा पनि देखिनेछ ।
विन्टर ओलम्पिककै अवसर पारेर कोरियाको झन्डा निकै लामो समयपछि दक्षिण कोरियामा फहराएको छ।
दक्षिण कोरियामा हुन लागेको विन्टर ओलम्पिकका लागि दक्षिण कोरियामा उत्तर कोरियाको झन्डा फराएको हो।
सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझै पनि प्राविधिकरुपमा युद्धमै रहिरहँदा खेलकुदका कारण भने अहिले समझदारी बढिरहेको पाइएको छ।
आगामी सोमबारबाट विन्टर ओलम्पिक खेल सुरु हुँदै छ। त्यसका लागि खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ।