आइसीसी भन्छ- क्यानको विवाद समाधान तिर बढेको छ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१८
  • |
  • 143 पटक हेरिएको

नेपाल क्रिकेट संघको विवादको समाधानको बाटो खोज्नका लागि नेपाल आएका आइसीसीका कार्यकारी प्रमुख इमरान ख्वाजाले दुबई फर्किएपछि नेपाल क्रिकेटको विवाद समाधान तिर अगाडी बढेको बताएका छन ।

आइसीसीले जारी गरेको विज्ञेप्तीमा ख्वाजाले यसपटकको बैठक निकै फलदायी बनेको र नयाँ विधानमा जुन किसिमको सहमती भएको छ त्यो पालना भएमा क्यानको निलम्बन फुकुवा हुने बताए ।

२०१७ को अगस्टमा निर्वाचित क्यानले एकलौटी रुपमा क्यानको विधानमा धरै संसोधन गरेको बताउदै अब सोहि संसोधित विधानका केहि धाराहरुलाई परिवर्तन गरेर आइसीसीमा आएमा क्यानको प्रतिबन्ध फुकुवा हुने बताए ।

साथै उनले हामीहरुले समय सिमा तोकेर आएका छौ, सो समय सिमामा अनुगमन समितीले आफनै काम पुरा गरेर नयाँ निर्वाचनका लागि काम अगाडी बढेमा नेपाली क्रिकेटले नयाँ स्वरुप पाउने बताए ।

यदि यसपटक पनि सो हुन सकेन भने त्यसपछि के हुन्छ त्यो आफुलाई पनि थाहा नभएको बताए ।

आइसीसीले जुनमा हुने बोर्ड बैठकमा नेपालको निलम्बनका विषयमा ठोस निर्णय लिने आशा गरिएको छ ।

चार दिन अगाडी ख्वाजा सहितको आइसीसीको टोलि नेपाल आएर सल्लाहकार समितीका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसंग छलफल गरेर फर्किएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey