ओलम्पिकका लागि नेपालको तयारी सुरु, ९ खेललाई विशेष प्रथमिकता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-०१
  • |
  • 215 पटक हेरिएको

नेप्लेज, १ असार । सहभागीमध्ये ९ खेललाई विशेष प्राथमिकतामा राख्ने घोषणासँगै नेपालले सन् २०२० को टोकियो ओलम्पिकका लागि विशेष तयारी सुरु गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी ओलम्पिक कमिटीले टोकियो ओलम्पिकअघि २ वर्षको विशेष तयारीका क्रममा पदकको आश गरिएका ९ खेललाई विशेष प्राथमिकता दिइने घोषणा गरेको हो ।

ओलम्पिक सोलिडारिटी कोर्स अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको छ । एनओसीले ओलम्पिक सोलिडारिटीमा परेका ९ खेलका प्रति खेल २ देखि ४ खेलाडीलाई बिशेष तयारीका लागि वैदेशिक प्रशिक्षणमा पठाउने बताएको छ ।

यो कोर्ष अन्तर्गत अहिले जुडो खेलकी फुपूल्हामु खत्री जापानमा प्रशिषणरत छिन भने जुडोकै मनिता प्रधान पछि छिट्टै जापान जाँदैछिन् । ओलम्पिक कमिटीले तेक्वान्दो र एथ्लेटिक्स खेलाडीलाई पनि चाँडै बैदेशिक प्रशिक्षणमा पठाउने तयारी गरिरहेको छ ।

नेपालले रियो ओलम्पिक सकिएको करिव डेढ वर्षपछि जापान ओलम्पिकको लागि तयारी सुरु गरेको हो । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जापान ओलम्पिकको लागि रियो ओलम्पिक लगत्तै सुरु गर्ने तयारी गरेको भएपनि विविध कारणले सफल हुन नसकेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey